काठमाडाैं- नयाँ वर्ष नजिकिदै गर्दा गायिका रचना रिमाल र गायक भुषण खतिवडाको आवाजमा रहेकाे गीत 'ह्याप्पी न्यू ईयर' सार्वजनिक गरिएकाे छ।
बसन्त लम्सालको शब्द , संगीत र सुरज श्रेष्ठको एरेन्ज रहेको गीतलाई टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो।
रमाइलो र घुमघामको शैलीमा तयार गरिएको यस गीतको भिडियोमा लुष बराइली, रन्जीत पौडेल, अनामिका बाराकोटी, पवित्रा चौहान र रेशम बुढाथोकी अभिनय रहेको छ।
निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र विकास धमलाको सम्पादन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।