काठमाडौं– साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम लिभरपुलले खेलको अन्तिम समयमा गोल गर्दै जित निकालेको हो। लिभरपुलको जितमा मोहम्मद सलाह र एलेक्सान्डर आर्नोल्डले गोल गरे। यता, एस्टन भिल्लाका आलिई वाट्किन्सले गोल गरे।
खेलको ४३ औं मिनेटमा ओलिई वाट्किन्सले गोल गर्दै एस्टन भिल्लालाई १–० गोलको अग्रता दिलाए। पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको एस्टनले यही अग्रतालाई दोस्रो हाफमा पनि कायम राख्न सकेन। खेलको ५७ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरी दिलाए।
खेलको इन्जुरी समयमा एलेक्सान्डर आर्नोल्डले गोल गर्दै लिभरपुललाई २–१ गोलको जित दिलाए। जितसँगै लिभरपुलले ३१ खेलबाट ५२ अंक बनाएको छ। लिभरपुल लिगको पाँचौ स्थानमा रहँदा पराजित एस्टन भिल्ला भने लिगको १० औं स्थानमा छ। एस्टन भिल्लाको ३० खेलबाट ४४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।