काठमाडौं- नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएको औपचारिक घोषणा भएको छ। केन्द्रीय निर्वाचन समितिले महासंघको केन्द्रीय कार्यालयमा प्राप्त मत सार्वजनिक गर्दै पोखरेललाई अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो।
महासंघमा पोखरेलको प्यानलै निर्वाचित भएको छ। पोखरेलले ६ हजार ९ सय ४२ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गरिन्।
निर्वाचन समितिका सदस्य अधिवक्ता देवेन्द्र झाका अनुसार अध्यक्षका अर्का प्रत्यासीहरु गजेन्द्रसिंह बुढाथोकीले ४ सय ९१ र रामप्रसाद दाहालले १ सय ५६ मत प्राप्त गरेको जानकारी दिए।
वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्द्रप्रसाद चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचत भएका छन्।
सचिव मधेशीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएटमा पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने र लेखा समिति सदस्यमा छविलाल तिवारी निर्वाचित भएका झाले बताए।
हेर्नुहोस् यस्तो छ अन्तिम मत परिणाम :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।