काठमाडौं- संकटा क्लब पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा सोमबार भएको खेलमा ६ पटकको आहा रारा गोल्डकप च्याम्पियन मनाङ मर्स्याङदी क्लबलाई १–० गोलले पराजित गर्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो।
संकटाको जितमा फोफोले निर्णायक गोल गरे। फोफोले खेलको ४४ औं मिनेटमा गोल गर्दै संकटालाई पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको संकटाले मनाङविरुद्ध दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो।
संकटाले अब सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ। मंगलबार थ्रीस्टार क्लबले नेपाल पुलिस क्लबसँग सेमिफाइनल प्रवेशको लागि खेल्नेछ। प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैँया पुरस्कार पाउने छ। त्यस्तै उपविजेताले पाँच लाख, एक हजार प्राप्त गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।