काठमाडौं- विभागीय टिम त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड एकेडेमीले पाँचौं आरबीबी एनभीए कप राष्ट्रिय क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ जित निकालेका छन्। शनिबार भएको खेलमा आर्मी र न्यू डायमण्डले जित निकालेका हुन्।
त्रिुपरेश्वरस्थित कभर्डहलमा भएको खेलमा आर्मीले लगातार दोस्रो जित निकालेको हो। आर्मीले ढोरपाटन स्पोर्टस् क्लबलाई ३-० को सेटमा पराजित गर्न सफल भयो। आर्मीले ढोरपाटनलाई २५-१२, २५-० र २५-५ को सोझो सेटमा हराएको हो।
यसअघि आर्मीले आफ्नो पहिलो खेलमा शुक्रबार (हिजो) न्यु डायमण्डलाई ३-२ को सेटमा पराजित गरेको थियो। आर्मीले न्यु डायमण्डलाई २५-१७, २०-२५, २५-२३, १५-२५ र १५-१२ ले हराएको थियो।
शनिबार नै भएको अर्को खेलमा न्यू डायमण्डले आफ्नो तेस्रो खेलमा दोस्रो जित निकालेको छ। न्यू डायमण्डले भरतपुर महानगर खेलकुद परिषद्लाई ३-० को सोझो सेटमा हराएको हो। न्यू डायमण्डले भरतपुरलाई २५-१२, २५-७ र २५-१७ को सेटमा हराएको हो।
यसअघि आफ्नो पहिलो खेलमा न्यू डायमण्डले ढोरपाटन स्पोर्टस् क्लबलाई पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।