काठमाडाैं- बलिउड नायक आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणपछि उनी क्वारेन्टाइनमा बसेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।
‘आमिरलाई कोरोना संक्रमित भएको छ। उनले आफूलाई घरमै अलग्गै क्वारेन्टाइनमा बसेका छन्। उनले सबै प्रोटोकलहरु पालना गरेका छन्,’ उनको प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यस्तै उनले अमिरलाई भेटेका सबैले कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन्। पछिल्ला केही दिनहरुमा उनीहरुसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न अनुरोध गर्दछौं। सबैलाई शुभकामना र शुभचिन्तकहरुलाई धन्यवाद,’ उनले भनेका छन्।
गतवर्ष जुनमा, आमिरको टोलीका ७ जनामा कोरोना संक्रमण भएको थियो। तर उनलाई कोरोना संक्रमण भएको थिएन।
आमिरले केही समय अगाडि सामाजिक सञ्जालमा नचलाउने घोषणा गरेका थिए। त्यसैले उनका प्रवक्ताले उनलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।