काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले नवीन सोचमा आधारित रहेर उद्यम गर्न चाहने ५० वटा स्टार्टअपहरूलाई सुरुवाती पुँजी जुटाइदिने भएको छ।
सोमबार पत्रकार सम्मेलन गरी महासंघले सुरुवाती पुँजी जुटाइदिने कार्यक्रम सार्वजनिक गर्ने भएको छ। महासंघले नवीन सोचमा आधारित व्यवसाय गर्ने उद्यमीहरूसँग आवेदन माग गर्नेछ। आवेदन माग गर्दै महासंघले मेन्टरिङ कार्यक्रम पनि सञ्चालन गर्ने छ।
माग अनुसार आवेदन दिएकाहरुलाई त्यसपछि महासंघले स्वदेशी तथा विदेशी ठूला लगानीकर्ताहरुसँग राखेर उनीहरुको प्रस्तावको विषयमा छलफल गराउने छ। छलफल तथा वार्ताबाट उनीहरुलाई आर्थिकदेखि प्राविधिक सहयोगमा दुई पक्षीय सम्झौता गराउने महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।