काठमाडौं- सेलिना योल्मोको शब्द र स्वरमा 'छोरी' गीत सार्वजानिक भएको छ। योल्मोकै शब्द रहेको गीतमा उत्पाल कँडेल र निर्भाना विष्टले सहकार्य गरेका छन्। कँडेल गीतका संगीत निर्माता हुन् भने विष्ट गितारवादक। सागर तामाङले गीतको भिडियो निर्देशन/सम्पादन गरेका छन्।
गायिका योल्मोका अनुसार उनको यो गीत समाजमा महिलामाथि हुने तितामिठा घटनाबाट प्रेरित रहेको छ।
गीतका शब्दले एउटी छोरीको सपना साकार गर्न परिवार र समाजले विरलै सर्मथन गर्ने बरु रुढीवादी सोचले झेलिने गरेको भाव गीतमा समावेश गर्ने प्रयास गरेको योल्मोले बताइन्।
गीतको माध्यमबाट योल्मोले एउटी छोरीले देखेको सपना साकार गरिदिन ऊमाथि विश्वास गर्न र उसलाई केवल एक जना आमा, श्रीमती वा छोरीको भूमिकामा मात्र नहेरिदिन आग्रह गरेकी छन्।
छोरी योल्मोको पहिलो गीत हो। 'छोरी'लाई योल्मोकै युट्युब च्यानलबाट नारी दिवसमा सार्वजनिक गरिएको हो।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।