काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको चुहानडाँडा र दाङमा आन्तरिक विमानस्थल निर्माणको काम थलानी गर्न बाटो खुलको छ।
केही दिन अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले दाङको नारायणपुर र चुहानडाँडामा आन्तरिक विमानस्थल निर्माणको काम थालनी गर्न सैद्धान्तिक सहमति दिएको हो।
विमानस्थल निर्माणको काम थलानीका गर्न सैद्धान्तिक सहमतिका लागि नेपाल नागरिक उड्डन प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको थियो।
‘उक्त प्रस्तावलाई मन्त्रिपरिषदले अनुमोदन गर्दै सैद्धान्तिक सहमति दिएको विषय अनौपचारिक जानकारी आएको छ’, प्राधिकरण महानिर्देशक राजन पोखरेलले भने, ‘औपचारिक निर्णयको पत्र भने आइसकेको छैन।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले पनि विमानस्थल निर्माणको काम थालनीका लागि सैद्धान्तिक सहमति माग्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको बताए। तर, निर्णयको औपचारिक पत्र भने मन्त्रालयमा आइपुगे/ नपुगेको आफूलाई जानकारी नभएको बताए।
प्रधानमन्त्री ओलीले आफ्नो जन्मथालो चहानडाँडामा विमानस्थल निर्माणको लागि पछिल्लो समय सरोकार राख्ने निकायसँग के हुँदै छ भने विवरण मागिरहेको थियो।
प्रधानमन्त्रीको चासो बढी भएपछि प्राधिकरणले पनि विमानस्थल निर्माणको लागि अध्ययन गरिरहेको छ। सोही क्रममा प्राधिकरणले विमानस्थल निर्माणका लागि सैदान्तिक सहमति माग्ने काम भएको प्राधिकरणको भनाइ छ।
२०७५ फागुन १५ गते चुहानडाँडा विमानस्थल निर्माण स्थगत अवलोकनमा जाँदा नै तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो।
स्थलगत अध्ययन सकेर काठमाडौं फर्कने क्रममा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीसँगै प्राधिकरणमा उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ र पर्यटन व्यवसायी आङछिरिङ शेर्पा लगायत ७ जनाको निधन भएको थियो।
उक्त विमानस्थल निर्माणको विषय आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश भएको थियो।
संसदमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले प्रधानमन्त्री ओलीको जन्मथलो तेह्रथुममो चुहानडाँडामा आन्तरिक विमानस्थल निर्माणको अध्ययन गर्ने गरी बजेट व्यवस्था गरेका थिए।
प्राधिकरणले पनि विमानस्थल निर्माणको सैदान्तिक सहमति पाएसँगै विमानस्थल निर्माणका लागि आवश्यक अध्ययन तथा वातावारणीय प्रभाव मूल्यांकनको काम सुरु गर्ने भएको छ।
यसैगरी मन्त्रिपरिषद्ले दाङको नारायणपुर पनि सुविधासम्म आन्तरिक विमास्थल निर्माण निर्माणको काम थालनीका लागि सैद्धान्तिक सहमति दिएको छ।
विमानस्थल निर्माणको सैदान्तिक सहमति पछि विमानस्थल निर्माणका लागि वातावारणी प्रभाव मूल्यांकनको काम थलानी गर्ने तयारी भएको प्राधिकरण महानिर्देशक राजन पोखरेलले बताए।
‘दाङ एसियाकै दोस्रो उपत्याका हो। दाङमा अहिले पनि एउटा विमानस्थल सञ्चालनमा छ। त्यो तुल्सिपुरमा छ। त्यसको ओरेन्टेसन उत्तर दक्षिण छ। हामीले त्यसलाई नै विस्तार गर्ने कि भनेर अध्ययन गरेका थियौं,’ पोखरेलले भने, ‘ तर, हामीले पूर्व पश्चिम मोडा भएको नयाँ विमानस्थल बनाउने प्रक्रिया सुरु गरेका हौं। त्यसमा पनि २ वटा उपमहानगरपालिकाको बीचमा पारेर।’
प्राधिकरणले दाङबाट दैनिक २ वटा उडान हुने सक्ने आकलनसहित विमानस्थल बनाउन लागको पोखरेले बताए।
‘दाङ सल्यान, प्युठान, रोल्पाका लागि पहिले देखिकै केन्द्र विन्दु हो। अर्को विशेषता तराईका अन्य क्षेत्रमा हुस्सका कारण उडान प्रभावित हुँदा पनि त्यहाँको मौसम प्राय: सफा नै हुन्छ। यी सबै विषयलाई मध्यनजर गर्दै पछिसम्मका लागि रणनीतिक दृृष्टिकोणले पनि विमानस्थल बनाउन उपयुक्त हुन्छ भने हाम्रो निष्कर्ष हो,’ पोखरेलले भने.
विमानस्थल निर्माणका लागि सैद्धान्तिम सहमति पाएपछि प्राधिकरणले वातावारणीय प्रभाव मूल्यांकनको काम थाल्ने र त्यसपछि जग्गा अधिग्रहणको काम थालनी हुने उनको भनाइ छ।
‘खर्चको अनुमान गर्न अहिले नै सहज छैन। जग्गाको मूल्य बढी छ। त्यहाँ हामीले जग्गा अधिग्रहण गर्नु पर्ने छ। हामीले करिब ९ सय हेक्टर जग्गाअधिग्रहण गर्ने योजना छ,’ उनले भने।
प्रारम्भिक चरणमा चाँहि एटिआर ७२ र सिआरजे जहाज ल्यान्ड गर्न मिल्ने गरी १७ सय मिटरको रनवे बनाउने लक्ष्य प्राधिकरणले लिएको छ।
‘जग्गा अधिग्रहण पछि विमानस्थल निर्माणको काम सुरु हुने हो।जग्गा अधिग्रहण पछि निर्माणका लागि टेन्डर भएपछि यो समयमा विमानस्थल निर्माणको समय भन सकिन्छ,’ उनले भने।
सबै काम तोकिएको समयमा भएको अवस्थामा ५ वर्षमा विमानस्थल निर्माणको काम सक्ने लक्ष्य रहेको प्राधकिरणको भनाइ छ। ‘विमानस्थल निर्माणमा सुरुवाती लागत अनुमान ८ अर्ब रुपैयाँको हो,’ पोखरेलले भने, ‘सबै संरचना सुविधासम्म र आधुनिक बनाउने हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।