काठमाडौं- कोरोना महामारीका कारण चैतदेखि बन्द वैदेशिक रोजगारीमा जाने युवाको संख्या क्रमश: बढ्न थालेका छ।
चालु आर्थिक वर्ष २०७७/०७८ को ५ महिनामा नयाँ कामको लागि म्यानपारमार्फत् वैदेशिक रोजगारीका लागि विदेशिने युवाको संख्या ११ हजार पुग्न लागेको छ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा नयाँ कामको लागि जाने युवाको संख्या शून्य थियो। तर, भदौ पछि भने क्रमश: म्यानपावरमार्फत् नयाँ कामको लागि विदेश जाने युवाको संख्या बढ्न थालेको छ।
विभागले सार्वजनिक गरेका तथ्यांक अनुसार भदौदेखि पुस मसान्तसम्म म्यानपावरमार्फत् (संस्थागत) विदेश जाने कामदारको संख्या १० हजार ९ सय ७५ पुगेको छ।
भदौ महिनामा म्यानपावरमार्फत् नयाँ कामका लागि विदेश जाने युवाको संख्या ४४ थियो। अहिले पुस महिनामा आइपुग्दा यो संख्या ६ हजार ६८ पुगेको छ।
यसैगरी, असोज महिनामा ६ सय २६, कात्तिकमा ८ सय ६२ र मंसिरमा ३ हजार ३ सय ७५ जनाका कामदार म्यानपवारमार्फत् रोजगारीका लागि विदेश गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।