काठमाडौं- सरकारले दाङ जिल्लाको घोराही उपमहानगरपालिका- ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नम्बर १) को ५ सय ४९ विघा जग्गालाई दाङ औद्योगिक क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।
गत आइतबार बसेको मन्त्रिपरिषदले उक्त क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरेको हो। सरकारले घोषणा गरेको नयाँ औद्योगिक क्षेत्रको पूर्वमा लमही घोराही सडक, पश्चिलममा पाण्डेश्वर धार्मिक वन, उत्तरमा बबई नदी र दक्षिणमा वन क्षेत्र रहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले उक्त क्षेत्रफललाई औद्योगिक क्षेत्र घोषणा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।