धनगढी- धनगढीमा खाद्य पसल तीन घण्टा मात्रै सञ्चालन गर्न दिइने भएको छ। धनगढीमा बसेको सरोकारवालाहरुको बैठकले लकडाउन अवधिमा बिहान तीन घण्टाका लागि मात्रै खाद्य पसल सञ्चालन गर्न दिने निर्णय गरेकाे हाे।
भाेलि (शनिबार)देखि लागू हुने गरी खाद्यान्न, तरकारी र दुग्धजन्य पसल बिहान ६ बजेदेखि ९ बजेसम्म संचालन गर्न दिने र ग्राहकहरुसँग सामाजिक दूरी ३ फिट कायम गर्न अनुरोध गर्ने निर्णय भएको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ।
दैनिक उपभोग्य सामग्रीहरुको होमडेलिभरी गर्न चाहने व्यवसायीहरुलाई स्थानीय सरकारले अनुमती दिएको छ। संघले बैठकपछि विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे। यस्तै आज बसेको बैठकले मोटरसाइकल सञ्चालनमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेकाे धनगढी उपमहानगरपालिकाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।