सिन्धुपाल्चाेक- सिन्धुपाल्चोकमा स्वास्थ्य परीक्षण पश्चात २९ जनालाई क्वेरन्टाइनमा राखिएको छ। सुनकोशी गाउँपालिका पाग्रेटारस्थित ग्रामिण महिला सिर्जनशील परिवारले उपलब्ध गराएको क्वारेन्टाइनमा गएराति हेटौंडाबाट ३ वटा बोलेरोमा आएका २४ जनालाई राखिएको हाे।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङका अनुसार उनीहरु छिमेकी देश भारतबाट आएकाे आशंकामा क्वारेन्टाइनमा राखिएको हो। भारतबाट आएको पुष्टि भएमा उनिहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने तामाङले जानकारी दिए।
चौतारा साँगाचोकगढी नगरपालिका ७ मेलचौरस्थित क्वारेन्टाइनमा आज भारतको बैंगलोरबाट आएका ५ जनालाई स्वास्थ्य परीक्षण पश्चात् राखिएको छ। नगरपालिकाका अनुसार पाँचै जना ८ नं वडा इर्खु, चिलाउनेका हुन्।
यसैगरी विदेशबाट आफ्नो घर आइपुगेका सबैले इमानदारीपूर्वक नगरपालिकाको सम्पर्कमा आइ नेपाल छिरेको १४ दिनसम्म क्वारेन्टाइनमा बस्न अनुरोध पनि गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।