धनगढी- सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरल (कोभिड १९) को स्वाब नमुना परीक्षण सुरु भएको छ।
संक्रमणको आशंका गरिएका एक बिरामीको नमूना बिहीबार परीक्षण गरिने भएको छ। हालै संघीय सरकारले ‘रियल टाइम पिसिआर’ उपकरण पठाएपछि सोही उपकरणबाट नमूनाको परीक्षण गर्न थालिएको हो।
संघीय मन्त्रालयबाट खटिएका मोलिकुलर माइक्रो बायोलोजिस्ट सुनिलप्रसाद लेखक र सेती अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाही सहितको चार जनाको टोलीले सो परीक्षण गर्न थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।