काठमाडौं- काठमाडौँ प्रवेशको मुख्यद्वार नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरिएको छ।
चन्द्रागिरि नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले बुधबार नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा ‘हाइड्रो क्लोराइड’ नामक कीटनाशक औषधि छर्केका हुन्।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले कोरोना रोग नियन्त्रणका लागि केही हदसम्म सहयोग पुग्ने उद्देश्यले नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा कीटनाशक औषधि छर्किएको जानकारी दिए।
'कीटनाशक औषधि छर्किएसँगै मुख्य राजमार्गमा हुने कीटाणु उड्न पाउँदैनन्', उनले भने। नगरवासीलाई घरभित्र बस्न आह्वान गर्दै बिहानैदेखि नगरपालिकाभित्र माइकिङ गरिएको थियाे।
नगरपालिकाले विदेशबाट आएका व्यक्तिको लगत सङ्कलनसमेत अगाडि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।