काठमाडौं– महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकामा सञ्चालन गरिँदै आएका फुटपाथका पसल बन्द गराएको छ। कोरोना भाइरस (कोभिड–१९)को सतर्कताका लागि भन्दै फुटपाथ पसल बन्द गराउन लगाइएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।
फुटपाथमा सञ्चालन भएका पसलबाट समेत कोरोनाको संक्रमण सर्ने उच्च जोखिमका कारण सावधानी अपनाउँदै पसल बन्द गराउन लगाइएको हो।
आइतबारबाट पसल बन्द गराउन थालिए पनि कहिलेसम्म बन्द हुने भन्ने टुंगो लागेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।