काठमडौं- सरकारले प्रदेश सरकारदेखि स्थानीय सरकारले समेत निश्चित क्षमतको क्वारेन्टाइन बनाउने पर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिसमक्ष देहाय बमोजिम क्षमताका क्वारेन्टाइन प्रयोग गर्न सक्ने गरी तयार गर्न निर्देशन भएको छ।
समितिले प्रत्येक प्रदेशले कम्तीमा २ हजार बेड क्षमताका क्वारेन्टाइन बनाउन निर्देशन दिएको छ।
यस्तो छ समितिले देहायबमोजिम प्रदेश सरकार तथा स्थानीय तहले बनाउनुपर्ने क्वारेन्टाइन क्षमता
क) प्रत्येक प्रदेशले– कम्तिमा २ हजार क्षमताका
ख) प्रत्येक महानगरपालिकाले– कम्तिमा २ हजार क्षमताका
ग) प्रत्येक उपमहानगरपालिकाले– कम्तिमा १ हजार क्षमताका
घ) सबै जिल्ला सदरमुकाम रहेका नगरपालिका र गाउँपालिकाले– हिमाली क्षेत्रको हकमा कम्तिमा ६ सय व्यक्ति पहाडी क्षेत्रको हकमा १ हजार व्यक्ति र तराई क्षेत्रको हकमा २ हजार व्यक्ति क्षमताका क्वारेन्टाइनस्थल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।