काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं. ६ स्थित सरस्वतीनगरमा महानगरीय प्रहरी वृत बौद्ध र सरस्वतीनगर टोल सुधार समितिको संयुक्त टोलीले पैदलयात्रुलाई १ हजार ८ सय थान सर्जिकल मास्क वितरण गरेको छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९)बाट हुनसक्ने महामारीबाट सुरक्षित रहन जनचेलनामूलक कार्यक्रमसहित गोपीकृष्ण हलबाट कपन जाने र आउने पैदलयात्रु तथा मोटरसाइकलमा सवार यात्रुहरुलाई मास्क वितरण गरिएको समाजसेवी तथा पूर्वप्रहरी कर्मचारी परिषद्का केन्द्रीय सचिव जयन्द्र संग्राैलाले बताए।
भेनसर विजनेस हाउस प्रा.लिका प्रोपाइटर अजय महासेठको सहयोगमा संकलन भएको उक्त मास्क महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्र लामा तथा महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीको सक्रियतामा वितरण गरीएको हो। वडा अध्यक्ष लामाका अनुसार कोरोना भाइरसबाट हुनसक्ने महामारीलाई केही हदसम्म नियन्त्रण गर्ने उद्देश्यले मास्क वितरण गरिएकाे हाे।
समाजसेवी संग्रौलाले सुरक्षित रहन सर्वसारणलाई सहयाेग पुगोस् भनेर साबुन, पानी र स्यानिटाइजरको व्यवस्था गर्न पहल भइरहेको जानकारी दिए। त्यस्तै प्रहरी नायब उपरीक्षक कार्कीले महामारीबाट सजक तथा सुरक्षा अपनाउनका लागि भीडभाडमा नजान तथा धेरैको संख्यामा भेला भएर कुनै पनि कार्य नर्गन अनुरोध गरे।
यस्तै जनप्रतिनिधि र प्रहरीको सक्रियतामा जोरपाटीको चामुण्डा मन्दिरमा लाग्ने मेलासमेत नभर्ने सहमति भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।