काठमाडौं- सरकारले मलेसिया, विभिन्न खाडी मुलुक र युरोपबाट नेपाल प्रवेश गर्न नेपालीसमेतलाई प्रतिबन्ध लगाएको भएपनि ५५ नेपाली स्वदेश फर्किएका छन्। मलेसिया र खाडीबाट ती नेपाली स्वदेश फर्किएका हुन्। एयर इन्डिया र थाइ एयरवेजले उनीहरूलाई नेपाल ल्याएको हो।
स्वदेश फर्किएका सबैलाई क्वारेन्टाइनमा राख्न तयारी भइरहेको अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तवारीले जानकारी दिए। 'विभिन्न २ एयरलाइन्सबाट ५५ नेपाली आएका छन्। उनीहरू सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ,' तिवारीले भने।
कोरोना भाइरसको प्रकोप भित्रिन नदिन सरकारले लगाएको अस्थायी प्रतिबन्ध उल्लंघन गर्दै एयर इन्डिया र थाइ एयरवेजले ५५ नेपालीलाई विभिन्न मुलुकबाट नेपाल ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।