काठमाडाैं- त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर)मा डा शिवलाल भुसाल नियुक्त भएका छन्।
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भुसाललाई बिहीबार नियुक्त गरेका हुन्।
अर्थशास्त्रमा विद्यावारधि गरेका भुसाल लामो समय पाल्पााको त्रिभुवन क्याम्पसमा अध्यापन गराएका थिए। ३ वर्षअघि मानविकी तथा समाजशास्त्रकाे डीनको रुपमा कार्यरत भुसाल पुसदेखि निमित्त रेक्टर बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।