काठमाडौं– जाडो मौसमका लागि नेपाल टेलिकमले विभिन्न प्रकारको ‘विन्टर अफर’ योजना ल्याएको छ। शुक्रबारदेखि लागू हुने यो योजनामा विभिन्न प्रकारका डाटा प्याक र बोनस डाटा स्ट्रिमिङ प्याक उपलब्ध छ।
डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
जिएसएम प्रिपेड र पोस्टपेड तथा सिडिएमए प्रिपेड/पोस्टपेड मोबाइलमा विन्टर अल टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ। १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा र एक दिनसम्म चौबिसै घन्टा उपभोग गर्न सकिने २५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध हुने कम्पनीको भनाइ छ।
रु ६० मा १४ दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी १५० एमबी डाटा लिन सकिनेछ भने तीन दिनसम्म उपभोग गर्न पाउनेगरी १५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको छ।
एक सय २० मा २८ दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी ५०० एमबी डाटासमेत उपलब्ध छ। यसैगरी पाँच दिनसम्म उपभोग गर्न पाउने गरी ५०० एमबी स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
विन्टर नाइट
नाइट डाटा प्याक बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिनेछ। बोनसका रुपमा उपलब्ध गराइएको डाटा स्ट्रिमिङ प्याक पनि यही समयमै प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।
विन्टर नाइट डाटा प्याकअन्तर्गत रु १२ मा तीन दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा र एक दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको छ।
रु ६० मा सात दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा र तीन दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध छ।
१२० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा र सात दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको टेलिकमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।