काठमाडौं- ठूलो परिमाणमा सुन काठमाडौं भित्रिएको सूचना पाएपछि प्रहरी खोजीमा लाग्यो। सोमबार बिहान क्षेत्रपाटीबाट पार्किङ गरेर राखिएको गाडीबाट ८८ केजी सुनसहित चालक मनोज अधिकारी पक्राउ परे। सो गाडी रसुवाको केरुङ नाकाबाट भित्रिएको थियो। उनीसँगको सोधपुछपछि सुनका मालिक चिनियाँ दम्पत्ती याङ वेन विङ र उनका पति पान विई मिङ भएको खुल्यो।
ठमेलस्थित काठमाडौं वन होटल सञ्चालन गरेका ती दम्पत्ती चीनबाट नेपाल सुन ल्याउने र भण्डार गर्नेसम्मको जिम्मेवारी पाएका कारोबारी हुन्। उनीहरुले भारत तस्करीका लागि तयारी अवस्थामा राखेको सुन विशेष सुराकीका आधारमा बरामद भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उक्त सुनको मूल्य ४३ करोड रुपैयाँ हुन आउँछ।
उनीहरु अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। मिङकी पत्नी याङ वेन विङको फेसबुक भने अगस्ट २८ मा अपडेट छैन। उनले सो दिन काठमाडौंबाटै पतिसहित सात वटा फोटो अपलोड गरेकी छन्।
यसअघि उनीहरु विदेशका विभिन्न ठाउँमा मस्तसँग घुमघाममा व्यस्त थिए। दुबई, केन्या, तान्जानियाको टापुबाट समेत उनीहरुले फेसबुकमा फोटो शेयर गरेका छन्।
वेन विङको फ्रेन्ड लिस्टमा केही नेपाली नागरिक पनि छन्। केहीले भने उनीसहित पतिको फोटोमा लाइक र कमेन्ट समेत गरेका छन्। गणेश कार्की, कुमार कार्की, निरन्जन ओझा, नितेश अग्रवाल, रे श्रेष्ठ लगायत सीमित व्यक्तिहरु भने उनीहरुको फोटोमा लाइक र कमेन्ट गर्नेमा अलि सक्रिय देखिएका छन्।
हेर्नुस्, ४३ करोड सुनका 'मालिक' को मस्ती-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।