रिलिजको तयारीमा रहेको 'झ्यानाकुटी' फिल्मको नयाँ गीत रिलिज भएको छ। सौगात मल्ल तथा बेनिशा हमालको मुख्य अभिनय रहेको फिल्मको 'भो मलाई चाहिँदैन अर्की' बोलको गीत रिलिज भएको हो।
प्रदीप भारद्वाजको शब्द र विकास चौधरीको संगीत रहेको गीतमा धर्मेन्द्र सेवानको स्वर छ। सार्वजनिक गीतमा श्रीमती (बेनिशा) ले छाडेर गएपछि नायक सौगात मल्लको तड्पाइलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ।
प्रदीप भारद्वाजले लेखेको फिल्मका निर्देशक सिमोस सुनिवार हुन् भने निर्माण अभिनेत्री निशा अधिकारीले गरेकी हुन्।
फिल्ममा सौगात र बेनिशाका साथै पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायत कलाकारहरुको अभिनय छ। फिल्म मंसिर १ गते रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।