जनकपुर– महोत्तरीमा सन् २०१८ भित्र २ सय ५२ वटा मानवअधिकार उल्लघंनका घटनाहरु भएका छन्।
_x000D__x000D_
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीद्वारा आयोजित ‘मानवअधिकार वर्ष पुस्तक, २०१९’ का लागि वार्षिक पूर्व समीक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो।
_x000D__x000D_
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अजयकुमार साहले महोत्तरी जिल्लामा सन् २०१८ मा भएका मानवअधिकार उल्लंघनका घटनाहरू प्रस्तुत गर्दै २ सय ५२ वटा घटनामा २ सय ३६ महिला र १७ जना पुरुष पीडित भएको बताए। पीडितहरुमध्ये २ जना पुरुष राज्य पक्षबाट तथा बाँकी गैर राज्य पक्षबाट पीडित बनेका छन्।
_x000D__x000D_
तथ्यांकमा बोक्सीको आरोपमा प्रताडित १, घरेलु हिंसाका २ सय २, बलात्कारका १७, बलात्कार प्रयास ७, हत्या ५, हत्या प्रयास ८, जातीय विभेद २, बहुविवाह ३, अपहरण १ र यातना–दुर्व्यवहारको एउटा घटना भएको उल्लेख छ।
_x000D__x000D_
प्रस्तुत घटनाहरूसँग सम्बन्धित रहेर जिल्ला समन्वय समितिका सभापति सुरेश प्रसाद सिंहले इन्सेकले प्रत्येक वर्ष मानवअधिकार उल्लघंनका घटनाहरु अभिलेखीकरण गर्ने कार्य सह्रानीय रहेको बताए। उनले पछिल्लो समय समाजमा देखिएका धेरैजसो घटनाहरुमा मानव संवेदनशीलतामा समेत ह्रास आएको दाबी गरे।
_x000D__x000D_
सभापति सिंहले भने, ‘अहिले अवोध दुधेबालिका देखि ७० वर्षीया वृद्धासम्म बलात्कारको सिकार बन्नु परेको देख्दा समाज कति विकृतिको खाडलमा भासिएको भन्ने स्पष्ट हुन्छ।’ उनले बालबालिकाहरुलाई नैतिक शिक्षा, मानवीय मूल्य मान्यताका कुराहरु पढाउनु पर्ने आवश्यकता रहेको औंल्याउँदै हरेक क्षेत्रबाट जनचेतना फैलाउने किसिमका अभियानहरु सञ्चालन गर्नुपर्ने धारणा राखे।
_x000D__x000D_
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मानवअधिकारको संरक्षणमा आफू सधैँ प्रतिबद्ध हुँदै आएको बताए। उनले सुरक्षा निकायसँग भएको सिमित श्रोत, साधन र प्रविधिको बलमा चाहेजस्तो शान्ति सुरक्षा दिनु चुनौतीको विषय भएको स्पष्ट पारे। प्रजिअ ढकालले मानवअधिकार उल्लघंनका घटनाहरुमा राज्य गम्भीर भएको दाबीसमेत गरे।
_x000D__x000D_
प्रजिअले जिल्लामा बलत्कारका घटनाहरूमा वृद्धि हुनु दुःखद रहेको भन्दै दोषीहरूलाई कानुनी कारबाहीमा ल्याउनको लागि राजनीतिक दलहरूले प्रहरी प्रशासन र न्यायिक निकायलाई सहयोग गर्नुपर्ने धारणा राखे। उनले महिलामाथि हुने हिंसा र बलात्कारका घटना बढ्न नदिन सामाजिक रुपमा सचेतनाको पनि खाँचो रहेको औंल्याए।
_x000D__x000D_
महिला अधिकारकर्मी रन्जु बरालले अहिले लैङ्गिक हिंसा विरूद्धको अभियान सञ्चालन भइरहेको बेला इन्सेकले प्रस्तुत गरेको मानवअधिकार उल्लघंनको घटना सम्बन्धी तथ्यांकलाई सबै क्षेत्रले गम्भीरतापूर्वक लिनुपर्ने जिकिर गरिन्।
_x000D__x000D_
कार्यक्रमका अन्य वक्ताहरुले मानवअधिकारका सवालमा घटना सार्वजनिक हुनु ठूलो कुरा नभएको तर, त्यसमा पीडित भएकाहरुले न्याय पाउनु ठूलो कुरा रहेको बताएका थिए।
_x000D__x000D_
नेपालले मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरुमा हस्ताक्षर गरेपनि ती कार्यान्वयन नहुँदा मानवअधिकार उल्लंघनका घटना बढिरहेका छन्। महिला तथा बालबालिकाप्रति बढ्दै गएको हिंसाप्रति चिन्ता व्यक्त गदै वक्ताहरुले इन्सेकले मानवअधिकार सम्बन्धी जनचेतना मुलक कार्यक्रम तथा अभियानहरु लिएर विद्यालयमा जानु पर्ने तथा बेलाबेलामा अन्तरक्रिया जस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।