काठमाडौं– बुधबार दिनको २ बजे, श्रम मन्त्रालय सम्हालेको ९ महिनापछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्ट मन्त्रालयको एक टोलीसहित अनुगमनका लागि भन्दै वैदेशिक रोजगार विभाग पुगे। मन्त्री विष्टका साथमा श्रम मन्त्रालयका सचिव महेश प्रसाद दाहालसमेत थिए।
_x000D__x000D_
सरकारी कार्यालयमध्ये सवैभन्दा धेरै अनियमितता र घुसखोरी चल्ने कार्यालयमध्ये विभाग पनि एक मानिन्छ। विभागको पछिल्लो कार्यसम्पादन र गतिवधि तथा सेवाग्राहीका गुनासा सुन्न मन्त्री विष्ट बुधबार अनुगमनका लागि विभाग पुगेका हुन्।
_x000D__x000D_
सदाझैं बुधबार पनि विभागमा रोजगार पीडित आफ्ना गुनासा दर्ता गर्न कार्यालय परिसर उपस्थित भएका देखिन्थे। हाल दैनिक ५ देखि ७ जना रोजगार पीडित आफ्ना समस्या लिएर उजुरीका लागि विभाग धाउने गरेका छन्। अनुगमनका लागि विभाग पुगेका मन्त्री विष्टसँग रोजगारपीडितले प्रत्यक्ष गुनासा सुनाए।
_x000D__x000D_
विभागका कोठा–कोठा पुगेर मन्त्री विष्टसहितको टोलीले कर्मचारी र रोजगार पीडितसँग सेवा र समस्याका विषयमा जानकारी लिएका थिए।
_x000D__x000D_
हरियो स्वेटर, रातो टिसर्ट र काँधमा सल, काखमा सानो बच्चा, चितवनकी पूजा तामाङ ५ महिनादेखि साउदी अरबमा अलपत्र आफ्ना बिरामी श्रीमान जयमान तामाङलाई नेपाल झिकाउन भन्दै विभाग पुगेकी थिइन्। मलिन अनुहार त्यसमाथि बच्चा बोकेको अवस्थामा पूजालाई देखेपछि मन्त्री विष्ट नजिकै गए र सोधे– किन आउनुभएको?
_x000D__x000D_
_x000D__x000D_
पूजाले श्रीमानको अवस्था बेलिविस्तार लगाइन्, ‘मेरो श्रीमान् दुर्घटनामा परेर विचल्ली भइरहेको छ। नेपाल झिकाउन उताको कम्पनीको मान्छेले ११ हजार रियाल मागेको छ।’ श्रीमानलाई झिकाइदिन भन्दै विभागमा पनि निवेदन दिइसकेको बताइन्। ‘एक हप्ता भन्दाभन्दै आज कति दिन भइसक्यो, अहिले फेरि एक महिना लाग्छ भन्नुहुन्छ।’, आफ्ना श्रीमानलाई विदेश पठाएको इनोभेटिभ म्यानपावरका सञ्चालक माधव पाण्डेतर्फ देखाउँदै पूजाले भनिन्।
_x000D__x000D_
मन्त्री विष्टले म्यानपावरका सञ्चालक पाण्डेलाई सोधे – कहिलेसम्म झिकाउनुहुन्छ?
_x000D__x000D_
उनले साउदीस्थित कम्पनीले एक महिना लाग्ने बताएको जनाए। पाण्डेको कुरा सकिन नपाउँदै पूजा संवादमा जोडिइन्, ‘एक हप्ता, एक महिना भन्दाभन्दै ३/४ महिना लागिसक्यो।’
_x000D__x000D_
त्यसपछि भने मन्त्री विष्टको पालो आयो। सञ्चालक पाण्डेलाई मन्त्री विष्टले सोधे, सञ्चालक पाण्डेलाई मन्त्री विष्टले सोधे, ‘यस्तो बच्चासहित आइरहनु भएको छ। मानवियता छैन?’ सञ्चालक पाण्डेले एक महिना लाग्ने बताइरहँदा मन्त्री विष्टले भने यस्ता कम्पनीको बारेमा ३ दिनभित्र सबै विवरण उपलब्ध गराउन र जतिसक्दो छिटो जयमानलाई झिकाउन नसके कारबाही गर्न विभागका महानिर्देशक दिलिपकुमार चापागाईंलाई निर्देशन दिए। उनले विभागलाई पनि उद्धारमा पहल गर्न भने।
_x000D__x000D_
४ महिनाअघि कतार गएका भाइको उद्धारका लागि निवेदन दिन आएकी रौतहटकी अनिता यादवले पनि गहभरी अाँशु पार्दै मन्त्री विष्टलाई आफ्नो भाइलाई नेपाललाई झिकाइदिन आग्रह गरिन्।
_x000D__x000D_
_x000D__x000D_
मन्त्री विष्टले अन्य पीडितसँग पनि भेटर उनीहरुका समस्या सुन्ने तथा जतिसक्दो छिट्टो समस्या समाधान गर्न निर्देशन दिए। मन्त्री विष्टले कामदारलाई रोजगारीका नाममा अनावश्यक तनाव र समस्या दिने तथा ठग्ने म्यानपावर कम्पनी तथा व्यवसायीलाई खोजी–खोजी कारबाही गर्न महानिर्देशक चापागाईंलाई ठाडो निर्देशन दिए।
_x000D__x000D_
मन्त्री विष्टले विभागमा गुनासा लिएर आउने हरेकका समस्याप्रति गम्भीर भएर कार्यसम्पादन गर्न र समस्या छिट्टै समाधान गर्नेतर्फ पहल गर्न पनि विभागका कर्मचारीलाई अह्राए।
_x000D__x000D_
‘युद्धस्तरमा म्यानपावरमाथि अनुमगन गर्न तयार हुनुस्'
_x000D__x000D_
सो क्रममा मन्त्री विष्टले विभागका कर्मचारीलाई ‘युद्धस्तर’मा म्यानपावरमाथि अनुमगन गर्न तयार भएर बस्न सुचित गरे। श्रम मन्त्रालयले वैदेशिक रोजगारीका नाममा भइरहेको विकृति र आर्थिक शोषण रोक्न जुनसुकै बेला पनि अभियान चलाउन सक्ने उनको भनाइ थियो।
_x000D__x000D_
_x000D__x000D_
राम्रो काम गर्ने म्यानपावरलाई मन्त्रालयले पुरस्कृत गर्ने र रोजगारीमा जाने कामदारलाई आर्थिक शोषण र अलपत्र पारेर विकृति मच्चाउने म्यानपावरमाथि भने कडा कारबाही गर्ने उनले स्पष्ट पारे। ‘लाखौं ठगिएका रोजगार पीडितले ठगिएभन्दा बढी नै क्षतिपूर्ति पाउनुपर्छ। सोही अनुसार अघि बढ्नुस्।’, कर्मचारीलाई निर्देशन दिँदै मन्त्री विष्टले भने, ‘जनताले सरल र सहज तरिकाले रोजगारीमा जाने बाटो बन्नुपर्छ भन्नेमा मन्त्रालय स्पष्ट छ। त्यसमाथि कानुनले तोकेभन्दा धेरै पैसा असुल्ने म्यानपावरमाथि कडा निगरनी भइरहेको छ। दोषी पाइएमा कारबाही हुन्छ।’
_x000D__x000D_
मन्त्री विष्टले वैदेशिक रोजगारीका नाममा कामदारलाई समस्यामा पर्ने म्यानपावर कम्पनीलाई बन्द गर्ने सम्मको कारबाही गर्न मन्त्रालय पछि नपर्ने चेतावनी दिए। उनले विभागका कर्मचारीलाई निस्वार्थ र निर्धक्क भएर काम गर्न सुझाए।
_x000D__x000D_
विभागमा आएका उजुरी तत्काल समाधान गर्न निर्देशन दिँदै मन्त्री विष्टले भने, ‘राम्रो काम गर्ने कर्मचारीलाई मन्त्रालयले पुरस्कृत गर्ने र म्यानपावरसँग मिलेर कामदारमाथि अन्याय गर्ने कर्मचारीलाई माफी गरिने छैन। किनकि यो विभाग मानवका मुद्दासँग जोडिएको छ। आर्थिक र मानवजस्तो संवेदनशील विषयमा गम्भीर हुनु जरुरी छ।’
_x000D__x000D_
_x000D__x000D_
मन्त्रीसँगै विभाग अनुगमनमा पुगेका मन्त्रालयका सचिव महेशप्रसाद दाहालले वैदेशिक रोजगारीका नाममा हुने सवै विकृति र यो क्षेत्रमा भइरहेका समस्या पहिचान गर्दै समाधान गर्न विभागका कर्मचारीलाई निर्देशन दिए। रोजगार पीडितको दाबीअनुसार मुद्दाको सुनुवाई गर्न पनि कर्मचारीलाई सचिवले सुझाए।
_x000D__x000D_
पछिल्लो समय वैदेशिक रोजगारी क्षेत्रका समस्या समाधान गर्न विभाग सक्रिय भएर काम गरिरहेको विभागका महानिर्देशक दिलिपकुमार चापागाईंले मन्त्री विष्टलाई जानकारी गराएका थिए। महानिर्देशक चापागाईंले विभागमा म्यानपावरमाथि अनुगमन गर्ने जनशक्ति र साधनको अभाव रहेको मन्त्री विष्टलाई जानकारी दिएका थिए।
_x000D__x000D_
मन्त्रीको अनुगमनका क्रममा विभागको संरचना र अन्य विषयमा पनि अवगत गराइएको थियो। मन्त्री विष्टले विभागमा आएका पीडितसँग पनि विभागको कार्यसम्पादन तथा गुनासोका विषयमा जानकारी लिएका थिए।
_x000D__x000D_
विभागमा गएको ४ महिनामा संस्थागत ४ सय ३४ उजुरी परेका छन्। जसमा विभागले ३६ वटा उजुरीको मुद्दा सुनुवाई गरेको छ। व्यक्तिगततर्फ ४ सय ३६ वटा उजुरी परेकोमा एक सय उजुरीको मात्रै फरफारक गरिएको छ। विभागमा १५ करोड रुपैयाँभन्दा धेरै विगो दाबीसहित उजुरी परेको छ। हालसम्म विभागले १ करोडभन्दा धेरै विगो दाबी पीडक पक्षबाट भराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।