काठमाडौं– नेपाल बक्सिङ संघको आयोजनामा प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिता बुधबारदेखि सुरु भएको छ।
_x000D__x000D_
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको यू–१९ को ४९ केजी तौल समूहमा उद्घाटन खेलमा रोल्पाका शेखर पुरीले कास्कीका दिपु कार्कीलाई हराए। ४९ केजी तौल समूहमै दाङका सुरज ओलीले अल्फाका सुजल पुन मगरलाई अंकका अधारमा हराए।
_x000D__x000D_
त्यस्तै ५२ केजी तौल समूहमा नक्शालका बिजेन्द्र प्रताप शाहले अल्फाका भियोजित पुनमगरलाई अंकका आधारमा हराए।
_x000D__x000D_
५२ केजी तौल यानब थुलुङ राईले एलेन बाडगामीलाई, निर्मल सुबेदीले यमन श्रेष्ठलाई, अमर गुरुङले लक्ष्मण राई, रोहन माल्किले बेदबहादुर ओली र समिर चौधरीले सागर मल्ललाई हराए।
_x000D__x000D_
प्रतियोगितामा मंसिर ८ सम्म संचालन हुने छ। प्रतियोगितामा यु १९ महिलातर्फ ४८,५१,५४,५७ र ६० केजीका तौल समुह समाबेश गरिएको छ भने पुरुषतर्फ ४९,५२,५६,६० र ६४ तौलमा प्रतिस्पर्धा हुने छ। त्यस्तै यु १९ देखि २४ मुनीको महिलार्मा ४८,५१,५४,५७ ,६० र ६४ केजीका तौल समुह समाबेश गरिएको छ भने पुरुषतर्फ ४९,५२,५६,६०,६४,६९ ,७५ र ८१ केजी तौलमा प्रतिस्पर्धा हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।