काठमाडौं– सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
_x000D__x000D_
खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमा मैदानमा दिउँसो साढे २ बजे खेल हुनेछ।
_x000D__x000D_
खेलअघि मनाङका प्रशिक्षक सुमन श्रेष्ठले जितका लागि खेल्ने बताए। उनले भने,'खेलमा दुवै टिमको जित्ने सम्भावना ५०–५० छ। लिगको उपाधि दाबेदार मध्ये एक थ्रीस्टारलाई हराउने हाम्रो योजना हो।'
_x000D__x000D_
_x000D__x000D_
उनले टिमका महत्वपूर्ण खेलाडीहरु सुजल श्रेष्ठ र प्रकास बुढाथोकी घाइते भएर उपलब्ध हुन नसक्ने बताए। तर पनि उनले खेलाडीलाई प्रोत्साहन गरिरहेको बताए।
_x000D__x000D_
यता थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले सबै खेल महत्वपूर्ण भएको बताउँदै मनाङविरुद्ध पनि जितका लागि खेल्ने जनाए। उनले भने, 'जित निकाल्न हामीले मनाङ भन्दा राम्रो खेल्नु पर्ने हुन्छ।
_x000D__x000D_
_x000D__x000D_
दोस्रो चरणका खेल सकिँदासम्म शत प्रतिशत नतिजा निकाल्दै थ्री स्टार शीर्ष स्थानमा छ, भने मनाङ दोस्रो तथा सङ्कटा क्लब अङ्क तालिकाको तेस्रो स्थानमा छ । तीनै टोलीको समान ६ अङ्क भएपनि गोलअन्तरका आधारमा थ्री स्टार शीर्ष स्थानमा छ।
_x000D__x000D_
भोलिदेखि सुरु हुने तेस्रो चरणको खेलमा मनाङ र थ्रीस्टारअघि पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछन्। तेस्रो चरणको खेल यही मङ्सिर ६, ७ र ८ गतेसम्म सञ्चालन हुनेछ ।
_x000D__x000D_
तेस्रो चरणको खेल समाप्तिसँगै दुई दिनको विश्रामपछि पुनः १० गतेदेखि चौथो चरणका खेल शुरु हुनेछन्।
_x000D__x000D_
दुबै खेल बराबरी खेल्दै दुई अङ्क जोडेको मच्छिन्द्र क्लब अङ्क तालिकाको आठौँ स्थानमा छ भने एक हार तथा एक बराबरी खेलेको च्यासल युथ क्लब र न्यूरोड टीम (एनआरटी) तालिकाको क्रमशः नवौँ र १० औँ स्थानमा छ।
_x000D__x000D_
फ्रेण्डस, सरस्वती, जावलाखेल र ब्रिगेड ब्बाइज दुबै खेल गुमाउँदै अङ्कविहीन बनेको छ। उनीहरू तालिकाको क्रमशः ११औँ, १२औँ, १३औँ र १४औँ स्थानमा छन्।
_x000D__x000D_
लिगमा विभिन्न १४ टोली सहभागी छन् । राउण्ड रोविन लिगको आधारमा हुने उक्त प्रतियोगितामा कूल ९१ खेल हुनेछन्। लिगको विजेताले रु ५० लाख तथा उपविजेताले रु ३५ लाख पाउनेछन् ।
_x000D_तेस्रो हुन टोलीले रु २५ लाख, चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टोलीले रु एक लाख पाउने छ।
_x000D__x000D_
_x000D_प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ द म्याच घोषित खेलाडीलाई रु १० हजार पुरस्कार दिनेछ । लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।