काठमाडौं– स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टिमका कप्तान केल जेम्स कोइट्जरले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। उनी इपिएल टिम टिम पोखरा राइनोजमा आबद्ध भएका हुन्।
_x000D__x000D_
पोखराले बुधबार अलराउन्डर कोइट्जरलाई टिममा भित्र्याएको जानकारी दिएको हो। स्कटल्यान्डबाट ५० एकदिवसीय अन्तर्राष्ट्रिय खेल र ४० टी–२० खेल खेलेका कोइट्जर ४ अन्तर्राष्ट्रिय शतक प्रहार गरेका खेलाडी हुन्।
_x000D__x000D_
यसअघि पोखराले प्रशिक्षकमा अस्ट्रेलियाका नाथान डोडलाई नियुक्त गरेको थियो। पोखरामा शक्ति गौचन, विक्रम शोव, राजेश पुलामी मगर, विपिन खत्री, किशोर महतो, देव साह, सौरभ खनाल, सुनील धमला, सुसन भारी, नरेश बुढाऐर र सुभेन्दु पाण्डे छन्।
_x000D__x000D_
आगामी मंसिर २२ देखि हुने तय भएको इपिएल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ। इपिएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज् र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन्।
_x000D__x000D_
उद्घाटन खेलमा विराटनगर वारियर्स र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ। १५ दिन चल्ने लिगमा १९ खेल हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।