राजविराज– मैथिली साहित्यका महाकवि विद्यापतिको स्मृति दिवसका अवसरमा बुधबार राजविराजमा झाँकी प्रदर्शन तथा विभिन्न संघ÷संस्था एवम् व्यक्तिलाई सम्मान गरिएको छ।
_x000D__x000D_
मैथिली साहित्य परिषद्को आयोजनामा निस्केको झाँकीले राजविराजका विभिन्न स्थानको परिक्रमा गरेको थियो। मिथिलाको कला संस्कृति झल्कने भेषभुषासहितको झाँकी मैथिली भवनमा पुगी सभामा परिणत भएको थियो।
_x000D__x000D_
उक्त अवसरमा मैथिली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा योगदान पुर्याउने प्राध्यापक उमाकान्त झा, प्राध्यापक भोला झा, पूर्व प्राचार्य नथुनी दास र संगीतकार शैलेन्द्र विश्वकर्मालाई शिवदत्त मिश्र स्मृति पुरस्कारद्वारा सम्मानीत गरिएको छ। यसै पुरस्कारबाट सुरेन्द्रप्रसाद देवलाई मरणोपरान्त सम्मान गरिएको छ।
_x000D__x000D_
_x000D__x000D_
यसैगरी, गायक कैलाश झा र गायिका अन्जु यादवलाई विजयन्द्र विनोद कला पुरस्कारबाट सम्मान गरिएको परिषद्का सचिव श्यामसुन्दर यादवले बताए। यस्तै, राजविराज नगरपालिका र चित्रगुप्त सेवा समितिलाई सम्मान गरिएको छ।
_x000D__x000D_
आधुनिक मैथिली साहित्यको लेखन तथा विस्तारमा विद्यापतिको ठूलो योगदान छ। मैथिली भाषा र साहित्यमा उनको योगदानको उच्च सम्मान गर्दै नेपाल र भारत दुवै देशले आ–आफ्नो देशको हुलाक टिकटमा उनको तस्बिर अंकित गरेका छन्। विद्यापति स्मृति दिवसकै अवसरमा नेपाल र भारत दुवै देशमा मैथिली आन्दोलन सुरु भएको परिषद्का वरिष्ठ सदस्य अजयकुमार झाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।