काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिताकुमारी, उनका दुई दाजु र एक भाउजु साधारण तारेखमा रिहा गरेको छ।
_x000D__x000D_
म्याद थप गर्ने प्रयोजनका लागि अदालत उपस्थित गराउँदा जिल्ला अदालतले उनीहरुलाई अनुसन्धानमा उपस्थित हुनु भनि थुनामुक्त गरेको हो।
_x000D__x000D_
हिरासतमा राखिएको २२ दिनपछि उनीहरु जिल्ला अदालत उदयपुरको आदेशमा रिहा भएका हुन्।
_x000D__x000D_
दाइभाउजुको बच्चालाई आफ्नो बनाएर नक्कली जन्मदर्ता गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहविरुद्ध पटक–पटक थुनामा राखी अनुसन्धानको म्याथ थप हुँदै आएको थियो।
_x000D__x000D_
बुधबार जिल्ला अदालतले भावी अनुसन्धानमा उपस्थित हुने र सहयोग गर्ने सर्तमा साधारण तारेखमा रिहा गर्ने आदेश गरेपछि उनीहरु छुटेका हुन्।
_x000D__x000D_
जिल्ला न्यायाधीश तिर्थ केसीको इजलासले उनीहरुलाई रिहा गरेको हो।
_x000D__x000D_
जेठा दाजु–भाउजुको बच्चालाई आफ्नो बनाएर वडा कार्यालयमा जन्मदर्ता गराएपछी न्यायाधीश राउतका बुवाले प्रहरीमा उजुरी दिएका थिए।
_x000D__x000D_
उनको उजुरीपछि प्रहरीले ललिता, उनका दुई दाजु र कान्छी भाउजुलाई पक्राउ गरेको थियो।
_x000D__x000D_
२०६१ सालमा विवाह गरेका प्रकाशमान र ललिताका सन्तान छैनन्। श्रीमानको सहमतिमै जेठा दाजुभाउजुको बच्चालाई आफ्नो बनाएर जन्मदर्ता गराएको श्रीमति राउतको दाबी थियो।
_x000D__x000D_
तर, न्यायाधीश राउतले भने अर्कैको बच्चालाई जालझेल गरेर श्रीमतीले आफ्नो बनाएकोले उजुरी गर्नुपरेको बताउँदै आएका छन्।
_x000D__x000D_
यो घटनामा हालसम्म अदालतमा मुद्दा दर्ता भने भएको छैन। थप अनुसन्धान गरेर मुद्दा अदालत लैजाने कि नलैजाने निर्णय भने प्रहरीको हातमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।