काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताएका छन्।
_x000D__x000D_
सभापति देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई प्रेरित गर्ने काम पनि आफ्नो पार्टीले गरिरहेको दाबी गरे। नेपाल भ्रमणमा रहेका डेनिस सांसदहरुसँग बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको भेटवार्तामा पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले लोकतान्त्रिक पद्धतिलाई सुदृढ बनाउने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताएका भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।
_x000D__x000D_
मोगेन्स जोनसन नेतृत्वको डेनिसका सांसदहरुको प्रतिनिधिमण्डलले त्यस अवसरमा कांग्रेस नेतृत्वसँग नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक परिस्थितिका बारेमा पनि चासो व्यक्त गरेका थिए।
_x000D__x000D_
सभापति देउवाले नेपालमा बन्द गरिएको डेनिस दुतावास पुनः खोल्न पनि आग्रह गरेका सहमहामन्त्री महतले जानकारी दिए। त्यसैगरी, सभापति देउवाले नेपालको आर्थिक विकासमा डेनिस सरकारले गर्दै आएको सहयोगप्रति पनि आभार व्यक्त गरे।
_x000D__x000D_
डेनिस सांसदहरुसँगको भेटवार्तामा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालासहितका कांग्रेस नेताहरु सहभागी भएका थिए। भेटमा दुई देशबीचको सम्बन्ध र पार्टीहरुबीचको सम्बन्धका विषयमा पनि छलफल भएको नेपाली कांग्रेसले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।