इटहरी- सुनसरीको दुहबीमा हत्या गरिएका फिदा हुसेनका आफन्त र सुरक्षा अधिकारी बीच छलफल भइरहेको छ। छलफलका क्रममा नेपाल सरकारका गृहमन्त्री नआएसम्म शव उठाउन नदिने आफन्तले अडान लिइरहेका छन्।
_x000D__x000D_
हुसेनको घरमा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेती लगायत विभिन्न दलका नेताबीच छलफल भएको हो। दुहबीका स्थानीय नेता तथा व्यवसायीले हत्यामा संलग्नलाई चाँडो पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
_x000D__x000D_
उता आफन्तहरूले भने नेपाल सरकारका गृहमन्त्री नआएसम्म शव नउठाउने बताउँदै आएका छन्।
_x000D__x000D_
यसैबीच हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले ६ जना आरोपित पक्राउ गरेको छ।
_x000D__x000D_
हत्यामा संलग्न भएको आशङ्कामा ती व्यक्ति पक्राउ परेको इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिए। हत्या गरिएका हुसेन दुहबीस्थित बाबा इँटा उद्योगका सुपरभाइजरका रुपमा कार्यरत थिए ।
_x000D__x000D_
प्रहरी निरीक्षक माझीका अनुसार अनुसन्धानको चरणमा रहेकाले पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।