काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको कामको समीक्षा सुरु गरेका छन्। समीक्षाका लागि मन्त्री र सचिवहरुलाई बाेलाएर कार्य प्रगति बुझ्न लागेका हुन्।
_x000D__x000D_
ओली सरकारको कार्यकाल ९ महिना सकिन लाग्दा समेत सरकारले जनअपेक्षा अनुरुप कार्य गर्न नसकेको असन्तुष्टि बढेसँगै प्रधानमन्त्रीले मन्त्रालयका कार्य योजनाको कार्यान्वयनको गति बुझ्न लागेका हुन्।
_x000D__x000D_
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समीक्षा बैठक हुन लागेको हो। प्रधानमन्त्रीले सफ्टवेयर मार्फत मन्त्रालयका कार्यको अनुगमन गर्न सुरु गरेका छन्।
_x000D__x000D_
आजदेखि शुक्रबारसम्म प्रधानमन्त्रीले कार्ययोजनाको प्रगति बुझ्ने छन्।
_x000D__x000D_
तीन दिनमा सबै मन्त्रालयको समीक्षा सकिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।