इटहरी- इँटा उद्योगीका सुपरभाइजरको हत्या विरोधमा सुनसरीको दुहबीमा विरोध प्रदर्शन भएको छ।
_x000D__x000D_
आज मर्निङ वाकबाट फर्कने क्रममा जय बाबा इँटा उद्योगका सुपरभाइजर फिदा हुसेनको गोली हानी हत्या भएको थियो। हत्यारालाई तत्काल प्रकाउ गरी कारबाहीको माग गर्दै विरोधमा प्रदर्शन भएको हो।
_x000D__x000D_
प्रदर्शनकारीले धरान–विराटनगर खण्डको दुहबी–सोनापुर क्षेत्र अवरोध गरेका छन्।
_x000D__x000D_
शृंखलाबद्ध हत्या हुँदा पनि प्रहरी निरीह बनेको भन्दै उनीहरुले टायरसमेत बालेर प्रदर्शन गरेका हुन्।
_x000D__x000D_
यसअघि गत असोज ४ गते विद्यालयको छलफल सकेर घर फर्केने क्रममा हरिनगरा गाउँपालिकास्थित भुटाहा बजारमा खुर्सिद आलमको गोली हानी हत्या भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।