दक्षिण कोरिया- कोरियाको ग्वाङ जु सी क्षेत्रमा सुतेकै अवस्थामा आज एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर कटारीका दीपक कार्की रहेको कोरियाका लागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले जानकारी दिए।
_x000D__x000D_
कार्की ६ महिनाअघि मात्र इपिएसमार्फत दक्षिण कोरिया आएका थिए।
_x000D__x000D_
के कारणले घटना हुन गयो भन्ने विषयमा आधिकारिक जानकारी नआएको र घटनाबारे कार्कीको परिवारलाई जानकारी गराउने तयारी गरिएको बाँस्तोलाले बताए।
_x000D__x000D_
२१ वर्षीय कार्की स्ट्रवेरी उत्पादन गर्ने कम्पनीमा कार्यरत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।