चितवन– भरतपुर महानगरपालिका–२६ खद्रयौलीमा आज बिहान पुलबाट खसेर एक जनाको मृत्यु भएको छ।
_x000D__x000D_
मृत्यु हुनेमा स्थानीयबासी ३५ वर्षीय सूर्यबहादुर कुमाल रहेका छन्।
_x000D__x000D_
ईलाका प्रहरी कार्यालय दिव्यनगरका प्रहरी नायब निरीक्षक पदम वस्ताकोटीका अनुसार मादक पदार्थ सेवन गरी भङ्गाहा पुलमाथि सुतेका कुमाल पुलबाट खसेका हुन्।
_x000D__x000D_
कुमाल यसअघि पनि सोही पुलमा आएर सुत्ने गरेको ईलाका प्रहरी कार्यालयले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।