नयाँ दिल्ली– शाहरुख खानको नयाँ फिल्म‘जीरो’ को रिलिज हुने क्रम नजिकिँदै छ।
_x000D__x000D_
यतिबेला फिल्म निर्माता भने फिल्मको प्रमोशनमा व्यस्त छन्। मंगलबार फिल्मको नयाँ प्रोमो रिलिज भएको छ, जसमा शाहरुख खानको क्यारेक्टर ‘बउआ’ आफ्नो हाइटका कारणबाट संघर्ष गरिरहेको देखिन्छ।
_x000D__x000D_
फिल्ममा शाहरुख खान ‘बउआ’को क्यारेक्टरमा छन्। जुन उनको निम्ति ठाडो चुनौती हो।
_x000D__x000D_
उनी आफ्नो प्रेमको खोजीमा छन्। यसभन्दा पहिले इदको अवसरमा फिल्मको एक टिजर रिलिज भएको थियो।
_x000D__x000D_
जसमा शाहरुखको साथ सलमान खान पनि देखिएका थिए। यसपछि शाहरुखको जन्मदिनको अवसरमा फिल्मको ट्रेलर रिलिज भयो।
_x000D__x000D_
मंगलबार रिलिज भएको प्रोमोको शाहरुखले ट्वीटरमा पनि शेयर गरेका छन्। यसको साथ शाहरुखले क्याप्सनमा लेखेका छन् कि, ‘‘बउआ सिंह’ को यो झलक सम्हालेर हेरौँ। कतै प्रेम नहोस्।’
_x000D__x000D_
आनन्द एल.रायको फिल्म २१ डिसेम्बरमा रिलिज हुँदैछ। यस फिल्ममा शाहरुखको साथ अनुष्का शर्मा र कटरीन कैफ पनि देखा पर्छन्।
_x000D__x000D_
फिल्मको ट्रेलरले दर्शकबाट राम्रो प्रतिकृया पाइरहेको छ।
_x000D__x000D_
भिडियाे
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।