एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले क्यामरुनलाई १–० गोलले पराजित गरेको छ। मंगलबार राति भएको खेलमा ब्राजिलको जितमा रिचार्डलिसनले खेलको ४५ मिनेटमा गोल गरेका थिए।
_x000D__x000D_
खेलमा ब्राजिलका फरवार्ड नेइमार घाइते भएका छन्। उनी खेलको छैटौं मिनेटमै घाइते भएका थिए। मसलमा समस्या देखिएपछि उनी मैदान छाड्न बाध्य भएका थिए।
_x000D__x000D_
यता अर्को मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले हराएको छ। अर्जेन्टिनाका लागि माउरो इकार्डीले दोस्रो र पाब्लो डिबालाले ८७ मिनेटमा गोल गरेका थिए। खेलमा मेसी अनुपस्थिति थिए।
_x000D__x000D_
यस्तै फ्रान्सले उरुग्वेमाथि १–० गोलको जित निकालेको छ। फ्रान्सको जितमा ओलिभर जिरुडले खेलको ५२ मिनेटमा गोल गरेका थिए। खेलमा फ्रेन्च स्ट्राइकर केलियन एमबाप्पे घाइते भएका थिए।
_x000D__x000D_
अन्य खेलमा इटालीले अमेरिकालाई १-०, अस्ट्रेलियाले लेवनानलाई ३–०, दक्षिण कोरियाले उज्वेकिस्तानलाई ४–० र जापानले किर्गिस्तानलाई ४–० गोलले हराएका छन्।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।