काठमाडौं– आगामी सोमबारबाट सातौं ‘नेपाल–अफ्रिका चलचित्र महोत्सव–२०१८’ हुने भएको छ।
_x000D__x000D_
फिल्मका माध्यमबाट नेपाल र अफ्रिकाबीच सांस्कृतिक एवम् पर्यटकीय अनुभव आदानप्रदानका गर्नुका साथै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको फेस्टिबल निर्देशक डा मञ्जु मिश्रले जानकारी दिइन्।
_x000D__x000D_
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन (सिजेएमसी)ले उक्त चलचित्र महोत्सव आयोजना गर्न लागेको हो। महोत्सवमा नर्वे, नेपाल र सुडानको संयुक्त किताबसमेत विमोचन गरिने आज काठमाडौंमा आयाजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
_x000D__x000D_
कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा ३ दिनसम्म चल्ने महोत्सवमा सामाजिक विषयमा आधारित विभिन्न ११ वटा चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक मिश्रले जानकारी दिइन्। उनका अनुसार महोत्सवमा विदेशी चलचित्र निर्देशकको समेत उपस्थित रहने छ।
_x000D__x000D_
नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक बिमल कँडेलले नेपाल र अफ्रिका बीचको दुरी कम गर्न यो महोत्सव सहयोगी हुने धारणा राखे।
_x000D__x000D_
महोत्सवमा इजिप्टको ‘नासिर ५६’, स्विजरल्यान्डको ‘लाइफ इन प्रोग्रेस’, स्वीडेनको ‘नाडिया डाइवर्ग’ र ‘फुटबोल डोक्र्टन’, अमेरिकाको ‘द सेरेन्गेटी’, साउथ अफ्रिकाको ‘कल मी थिफ’ र नेपालबाट मनोज पण्डित निर्देशित चलचित्र ‘छाया’ लगायत प्रदर्शन हुनेछन्।
_x000D__x000D_
सन् २०११ देखि महोत्सव आयोजना गरिँदै आएको छ। विनाशकारी भूकम्प गएको वर्ष भने महोत्सव हुन सकेको थिएन। यस वर्ष हुन लागेको महोत्सव सातौं हो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।