जनकपुर- जनकपुर-जयनगर खण्डमा संचालन हुने रेलसेवाको उद्घाटन मंसिर २६ गते हुने तय भएको छ। विवाह पञ्चमीको अवसर पारेर भारतको उत्तर प्रदेश (युपी)का मुख्य मन्त्री योगी आदित्यनाथ जनकपुर भ्रमणमा अाउने भएकाले सोही मितिमा जनकपुर-जयनगर रेलसेवा उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिएका छन्।
_x000D__x000D_
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएपछि योगी जनकपुर आउन लागेका हुन्। रामजानकी विवाह महोत्सवमा मुख्यमन्त्री योगी जन्ती बनेर जनकपुर आउने मन्त्री यादवले बताए।
_x000D__x000D_
भारतीय प्रधानमन्त्री मोदी नै रेलसेवा उद्घाटन गर्न जनकपुर आउने चर्चा थियो। तर, उनको जनकपुर भ्रमण रद्द भएपछि अब उत्तर प्रदेशका मुख्यमन्त्री योगीले रेलखण्डको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
_x000D__x000D_
‘जनकपुर-जयनगर रेलखण्ड तयारी अवस्थामा छ।अहिलेसम्म तय भएको कार्यक्रमअनुसार मुख्यमन्त्री योगीले रेल उद्घाटन गर्ने कार्यक्रम छ,’ कानुनमन्त्री यादवले भने।
_x000D__x000D_
योगीको जनकपुर भ्रमणको नेतृत्व स्थानीय तहसँगको समन्वयमा प्रदेश सरकारले गरिरहेको बताउँदै कानुनमन्त्री यादवले रेल उद्घाटनको कार्यक्रम तय भइसकेको तर कार्यक्रमस्थलबारे टुंगो लाग्न बाँकी रहेको बताए। सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर उद्घाटनस्थलबारे निर्णय लिइने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।