पोखरा– ‘रहर एउटा किटाणु हो, यो एकपटक शरीरमा छिरेपछि छिर्यो,’ लेखक तथा पटकथाकार ब्रजेश खनालले भने, ‘फिल्ममा हिरो बन्ने सपना अझै पनि छ।’ मंगलबार पोखरामा ब्रजेशको नवीनतम कृति ‘साइड हिरो’ लोकार्पण गरियो। त्यसैबखत अर्का लेखक गनेस पौडेलसँगको संवादमा ब्रजेशले यस्तो विचार राखेका हुन्। पुस्तक साहित्यकार सरुभक्तले लोकार्पण गरे।
_x000D__x000D_
आफू रहरले पटकथाकार नभई सोखले भएको ब्रजेशले सुनाए। उनले भने, ‘पहिले सोखले लेखियो, पछि अभिनयलाई स्क्रिप्ट राइटिङले जित्दै गयो।’ उनले फिल्मको हिरो हुन नपाएपनि पटकथाकारबाटै हिरो भएको सुनाए। उनले फिल्ममा हिरोभन्दा स्क्रिप्ट राइटर भएरै माग बढी भएको बताए।
_x000D__x000D_
विमोचन कार्यक्रममा ब्रजेशले पहिलेभन्दा अहिले फिल्म क्षेत्र आशालाग्दो तरिकाले माथि आइरहेको दाबी गरे। ‘पहिले अधिकांश नेपाली फिल्महरु हिन्दी फिल्मबाट प्रभावित हुन्थे र स्क्रिप्ट पनि त्यही अनुसार लेखिन्थ्यो। तर, अहिले त्यस्तो छैन,’ उनले भने, ‘प्रविधिको प्रयोग गर्दै दुनियाँभरको फिल्मबारे सिक्न सकिन्छ। स्क्रिप्ट राइटिङमा पनि नयाँ अनुहार आइरहेका छन्।’ उनले फिल्म मुलधार र वैकल्पिक धारभन्दा पनि राम्रो र नराम्रो २ प्रकारका हुने तर्क गरे।
_x000D__x000D_
सरुभक्तले ‘साइड हिरो’ विमोचन गर्दै संस्मरण लेखनीमा नयाँ प्रयोग भएको बताए। ‘यो संस्मरणमात्रै होइन। औपन्यासिक संस्मरण हो,’ उनले भने। उनले संस्मरण एउटै प्रसंगलाई लम्ब्याएर लेख्ने दीर्घ सूत्रीय परम्परालाई तोड्दै यस पुस्तक छोटोरुपमा रोचक तरिकाले लेखिएको धारणा राखे।
_x000D__x000D_
साहित्यकार सरुभक्तले ब्रजेश बहुआयामिक व्यक्तित्व भएकोसमेत प्रतिक्रिया दिए। उनले ब्रजेशले हात हालेका सबै क्षेत्रमा सफल छाप छोड्न सफल भएको दाबी गरे। ‘समकालीन जीवनलाई प्रभाव पार्न सक्ने सबै विधामा ब्रजेशले आफ्नो छाप छोड्न सफल भएका छन्,’ उनको भनाइ थियो। सरुभक्तले संस्मरणमा आफूलाई पनि व्यंग्यात्मक रुपमा प्रस्तुत गरेर ब्रजेशले लेखकीय इमानदारिता पस्केको विचार पोखे।
_x000D__x000D_
अर्का लेखक गनेस पौडेलले पुस्तकबारे ब्रजेशसँग अन्तरंग कुराकानी गरेका थिए। संवादमा पुस्तक, फिल्म क्षेत्र र साहित्यलाई केन्द्रमा राखिएको थियो। गनेसले भने, ‘लेखकीय रुपमा साइड हिरो अन्य संस्मरणभन्दा फरक छ।’
_x000D__x000D_
३ दशकभन्दा बढी नेपाली फिल्म क्षेत्रमा क्रियाशील ब्रजेशका यसअघि ‘यायावर’ तथा ‘जुनेली’ पुस्तक प्रकाशित छन्। कुनै समय फिल्मको पटकथा तथा लेखनमा प्रभाव जमाएका उनको हालको कृति सांग्रिला बुक्सले बजारमा ल्याएको हो।
_x000D__x000D_
र्याण्डम रिडर्स सोसाइटीले आयोजना गरेको विमोचन कार्यक्रममा संस्थाका पूर्व अध्यक्षसमेत रहेका पौडेलले मंसिर अन्तिम शनिबार लेखक रमेश सायनको निबन्ध कृति ‘छुटेका अनुहार’माथि पत्रकार दीपक परियारले अन्तरक्रिया गर्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।