काठमाडौं- नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने गरि कामहरु भइरहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत जोशीले ‘भिजिट नेपाल-२०२०’ लागि चाहिने पूर्वाधार निर्माणका काम धमाधम भइरहेको बताएका हुन्।
_x000D__x000D_
'२० लाख पर्यटक भित्र्याउन मूल आयोजक समितिको गठन, प्रशासनिक सचिवालय गठन, विज्ञ छनौट गर्ने कामको साथै आवश्यक विभिन्न तालिमहरु पनि संचालन भइरहेको छन्,' उनले भने। नेपालको पर्यटन मौसममा आधारित भएकाले मौसमी पर्यटक अाउने क्रमलाई सदाबहार बनाउन विभिन्न किसिमका पर्यटन प्याकेजहरु बनाएर प्रचार-प्रसार गर्न थालेको पनि उनले उल्लेख गरे।
_x000D__x000D_
पर्यटन क्षेत्रमा सेवा प्रदायकले दिने सेवालाई समेत ध्यान दिएर काम अघि बढेकोले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन गाह्रो नभएको उनले बताए।
_x000D__x000D_
'भूकम्पअघिपर्यटकको संख्या प्रतिवर्ष १० लाख रहेकोमा पछिल्ला दुई वर्षमा नेपालले सोचेकोभन्दा बढी पर्यटक भित्र्याउन सफल भएको उनले दाबी गरे।
_x000D__x000D_
पछिल्लो समयमा पर्यटन बोर्डले पर्यटक बढाउन ‘डिजिटल-मार्के्टिङ’लाई महत्वका साथ अगाडि बढाएको बताए। विश्व चर्चित सेलिब्रेटीलाई पनि नेपालको भ्रमण गराएर विश्वमै नेपालको पयर्टनको प्रचार-प्रसार गर्ने आफूहरूको योजना रहेको उनले सुनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।