राजविराज– बालिका बलात्कारको आरोपपछि फरार भएका दुई जनालाई प्रहरीले ३ वर्षपछि पक्राउ गरेको छ।
_x000D__x000D_
राजविराज नगरपालिका–४ का शम्भु साह र राजविराज–८ का नवीन दत्तलाई सप्तरी प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो।
_x000D__x000D_
उच्च अदालत जनकपुर राजविराज इजलाशले २०७५ कात्तिक १५ गते दिएको ‘थुनामा राखी पुर्पक्ष गर्नु’ भन्ने आदेश बमोजिम आरोपितहरुलाई पक्राउ गरिएको सप्तरीका एसपी राजेन्द्र विष्टले बताए।
_x000D__x000D_
राजविराज–८ स्थित भुपेन्द्र यादवको घरमा डेरा गरी बस्ने अमरकुमार यादवको कोठामा ०७१ चैत १३ गते एक १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको थियो। पीडितले सोही आरोपमा ७ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।
_x000D__x000D_
आरोपितहरुमध्ये तत्कालीन तेरहौता गाविस–३ का २५ वर्षीय जितेन्द्र मण्डल खंग र सुनसरी जिल्ला सतेरझोरा गाविस–२ का १८ वर्षीय दिपक खेरवार यादवलाई प्रहरीले ०७१ चैत २५ गते नै गिरफ्तार गरेको थियो।
_x000D__x000D_
जिल्ला अदालतको आदेशमा ०७२ बैसाख २४ गतेदेखि जितेन्द्र पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए भने दिपक भने सोही दिन साधारण तारेखमा रिहा भएका थिए।
_x000D__x000D_
यसैगरी, आरोपितहरुमध्ये शम्भु, नवीनसहित मलेठ गाविस–७ का २१ वर्षीय फुदिन खान, राजविराज नपा–५ का २५ वर्षीय कमलकिशोर साह, नर्घो गाविस–९ का २० वर्षीय दिपेशकुमार यादवलाई पनि सोही दिन अदालतले ‘वारेन्ट पूर्जी’ जारी गरेको थियो।
_x000D__x000D_
आरोपितमध्ये जिल्ला अदालतलको इजलाशले जितेन्द्र, कमल, दिपकलाई ०७३ जेठ २४ गते अभियोग दाबीबाट सफाइ दिएको थियो भने शम्भु, नवीन, फुदिन र दिपेशको हकमा मुद्दा मुल्तबीमा राखिदिने ठहर गरी अंश रोक्काको फैसला भएको थियो। जिल्ला अदालतमा ०७३ पुस ८ गते हाजिर भएका शम्भु र नवीन तथा ०७४ बैसाख ५ गते हाजिर भएका फुदिनलाई हाजिर भएकै दिन जनही ४० हजार रुपैयाँ धरौटी राखी तारेखमा रिहा गरेको थियो।
_x000D__x000D_
जिल्ला अदालतको सो आदेश बेरितको भएको भन्दै बदर गरी थुनामा राखी कारबाही गर्न माग गर्दै जिल्ला न्यायाधीवक्ताको कार्यालयले ०७५ असार ५ गते निवेदन दिएकोमा उच्च अदालतले गत कात्तिक १५ गते पुर्पक्षका लागि थुनामा राखी कारबाही गर्ने आदेश गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।