काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सरकारले बालबालिकाको विकासको निम्ति विशेष कार्यक्रम नै बनाएर अगाडी बढ्नु पर्ने आवश्यकता रहेको बताएकी छिन्।
_x000D__x000D_
मंगलबार अन्तराष्ट्रिय बालअधिकार दिवसको सन्दर्भमा मन्त्रालयमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले सरकारको नियमित कार्यक्रमले बालबालिकाको सम्पुर्ण विकास हुन नसक्ने भन्दै विशेष कार्यक्रम नै संचालन गर्नुपर्ने बताएकी हुन्।
_x000D__x000D_
'लामो राजनैतिक आन्दोलन र राजनैतिक संक्रमणका कारण सरकारले बालबालिकाको विकासको क्षेत्रमा ध्यान दिन नसकेकोले पनि बालबालिकाकेन्द्रित कार्यक्रम नै संचालन गर्नु पर्ने आवश्यकता रहेको छ,' उनले भनिन्।
_x000D__x000D_
बालबालिका माथि हुने हिंसा, दुर्व्यवहार र शोषणविरुद्ध बनेका कानुन समयानुकुल परिवर्तन गरी बालबालिकाको निम्ति सुरक्षित बातावरण बनाउने काममा सरकार लागि परेको दाबी उनले गरेकी थिइन्।
_x000D__x000D_
कार्यक्रममा सरोकारवालाहरुले बालबालिकाको बिकाशमा विद्यालय शिक्षामा उनीहरुको उपस्थिति र परिवारको अवस्था विश्लेषण शिक्षण पद्दतिमा सुधार ल्याउनुपर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।