काठमाडौं– पछिल्लो समय विश्वव्यापीकरणका कारण पर्यटक भिसामा दोस्रो देश गर्इ रोजगारी गर्ने श्रमिकको संख्या बढ्दै गएको छ। रोजगारीको खोजीमा एक देशदेखि अर्को देश जाने मौसमी कामदारको प्रभाव समेत बढ्दै गएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।
_x000D__x000D_
अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ)ले ‘प्रवासनसम्बन्धी सञ्चारमैत्री शब्दवाली विकास’ नामक दुई दिने कार्यक्रममा बोल्ने वक्ताले विश्वव्यापीकरणका कारण रोजगारीका खोजीमा एक देशबाट अर्को देश जाने श्रमिकको संख्या वार्षिक रुपमा बढिरहेको बताएका हुन्। विश्वव्यापीकरणका कारण वैदेशिक रोजगारी क्षेत्र साँघुरो बन्दै गएको तथा पर्यटन भिसा र मौसमी रोजगारीको खोजीमा हिड्ने श्रमिकलाई सम्बन्धित देशको भाषा र अन्य प्रक्रियाका विषयमा सामान्य ज्ञान नहुदाँ दोहोरो मारमा पर्ने गरेको औँल्याइएको छ।
_x000D__x000D_
कार्यक्रममा बोल्दै आइएलओको नेपालका लागि कार्यक्रम संयोजक नेहा चौधरीले दोस्रो देशमा पुग्ने कामदारका समस्या बाहिर आउन नसकेको दाबी गरिन्। ‘रोजगारीको खोजीमा एक देशदेखि अर्को देश पुग्ने कामदार समस्यामा पर्ने गरेका छन्। यसरी समस्यामा परेका श्रमिकको समस्या खासै बाहिर आउँदैन।’, चौधरीले भनिन्, ‘जसका कारण उनीहरु आर्थिक र मानसिक शोषणमा पर्ने गरेको पाइन्छ। यो क्षेत्रका साझा समस्या सवै मिलेर समाधान गर्नुपर्छ।’
_x000D__x000D_
विश्वव्यापीकरणले गर्दा कामको खोजीमा एक देशदेखि अर्को देश जाने श्रमिकलाई कसैले नियन्त्रण गर्न नसक्ने र यसलाई कसरी सुधार्न सकिन्छ भनेर उपाय खोज्नुपर्ने सञ्चारकर्मी दिनेश रेग्मीले बताए। प्रवासनसम्बन्धी आवश्यक भाषाको विकास गर्न सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ।
_x000D__x000D_
रोजगार र श्रमिकसँग दिगो विकास जोडिएकाले यो विषयमा सरकारले गम्भीर भएर काम गर्नुपर्ने कार्यक्रमका वक्ताहरुको भनाइ छ। विगत केही वर्षदेखि वैदेशिक रोजगारीमा एक देशदेखि अर्को देश परिवारसहित जाने क्रम बढिरहेको छ। जसका कारण बालबालिकामा ठुलो असर परिरहेको पाइन्छ।
_x000D__x000D_
परिवारसँगै रोजगारीको खोजीमा जादाँ बालश्रम, महिला हिंसा र अपराध बढिरहेको वक्ताहरुको भनाइ छ। यस्तो विषयमा सरकारीस्तरमा सहकार्य गर्नुपर्ने उनीहरुले औंल्याए।
_x000D_वैदेशिक रोजगारीका कारण खुल्ला सिमाना भएका देशमा बसाइसराइ पनि बढिरहेको कार्यक्रमका वक्ताहरुले धारणा राखेका थिए।
_x000D__x000D_
पछिल्लो समय शिक्षासँग पनि आप्रवासन प्रक्रिया जोडिएको बताइन्छ। विदेश अध्ययनका लागि गएका विद्यार्थी सम्बन्धित देशमा काम गर्दै बस्ने गरेका छन्। जसका कारण उनीहरुका परिवार पनि उतै अस्थाई बसोबासका लागि जाने क्रम पनि बढ्दो छ।
_x000D__x000D_
आप्रवासनका कारण परिवारसहित तेस्रो देश बसाइ जाने क्रम पनि बढिरहेको विभिन्न अध्ययनमा उल्लेख भएको पाइन्छ। यस्ता विषयमा विश्वका सवै देश सचेत हुनुपर्ने उनीहरुको मत छ।
_x000D__x000D_
आइएलओ नेपालले प्रवासनसम्बन्धी नेपाली र अंग्रेजी भाषामा शब्दावलीको निर्माण गरिरहेको आइएलओका संयोजक चौधरीले जानकारी दिइन्। पछिल्लो समय शिक्षित वर्ग नै धेरै प्रवासनमा सहभागी हुने गरेको आइएलओको विभिन्न अध्ययनले जनाएको छ।
_x000D__x000D_
विश्वमा वार्षिक एक देशदेखि अर्को देश रोजगारीको खोजीमा पर्यटन र मौसमी भिसामा करिब २ करोड श्रमिक बाहिरिने गरेको आइएलको एक अध्ययनले जनाएको छ। वार्षिक विश्वमा आप्रवासनसँग प्रत्यक्ष अप्रत्यक्ष २० करोडभन्दा धेरै श्रमिक संग्लन हुँदै आएका छन्। जसमा २० देखि २५ प्रतिशत महिला रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।