काठमाडौै- नेपालले साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार दक्षिण एसियाली फुटबल महासंघले प्रतियोगिता आयोजना गर्ने जिम्मा नेपाललाई दिएको हो।
_x000D__x000D_
प्रतियोगिता आगामी मार्च ११ देखि २१ सम्म हुनेछ। प्रतियोगितामा भाग लिने टिमको भने अहिले टुंगो लागिसकेको छैन।
_x000D__x000D_
महिला साफ च्याम्पियनसिप यसअघि श्रीलंकाले आयोजना गर्ने बताइएको थियो। यसअघिका चार संस्करणको सबै उपाधि भारतले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।