काठमाडौं– रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)को तेस्रो संस्करणको प्रतियोगिता निर्देशकमा यू–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दास नियुक्त भएका छन्। आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार एक विज्ञप्ति जारी गर्दै दासलाई प्रतियोगिता निर्देशकका रुपमा नियुक्त गरेको जानकारी दिएको हो।
_x000D__x000D_
डीपीएल आगामी माघ १९ देखि फाल्गुन ४ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुँदैछ। निर्देशकका रुपमा दासको अनुभव र उनको निर्देशनले प्रतियोगिताले थप उचाई लिने आयोजकले जनाएको छ।
_x000D__x000D_
प्रतियोगितामा देशभरका ६ वटा फ्रेन्चाइजी टोलीको सहभागिता रहनेछ। सहभागी टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स टोलीलाई प्राथमिकता दिइनेछ।
_x000D__x000D_
डीपीएलका प्रत्येक टिममा १५—१५ खेलाडी हुनेछन्। त्यसमा दुई बिदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडी प्रत्येक टिममा अनिवार्य समावेश गर्नुपर्ने प्रावधानलाई निरन्तरता दिइएको छ।
_x000D__x000D_
प्रतियोगितामा कुल १९ खेल हुनेछन्। प्रतियोगिता टी–२० को आधारमा हुनेछ। लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन्। शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।