काठमाडौं– मंगलबार नेप्से परिसूचक ८ दशमलब ५४ अंकले घटेर १ हजार १ सय १ दशमलब ६६ को बिन्दुमा आइपुगेको छ। ‘क’ वर्गमा कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलब ९६ अंकले घटेर २ सय ५१ दशमलब ०८ को बिन्दुमा आइपुगेको छ।
_x000D__x000D_
मंगलबार १ सय ४५ कम्पनीको १७ करोड ४९ लाख ७९ हजार २ सय ४५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस दिन बैंकिङ समूहअन्तगर्तका कम्पनीहरुको सर्वाधिक सेयर किनबेच भएको छ। नेपाल बैंकको सर्वाधिक २ करोड ३७ लाख ९९ हजार ८ सय ४१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
_x000D__x000D_
त्यस्तै, एनआइसी एसिया बैंकको ८० लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बैंक अफ काठमाडौंको ७९ लाख र एनएमबी बैंकको ६२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
_x000D__x000D_
मंगलबार उत्पादन तथा प्रसोधन समूह बाहेक अन्य सबै समूहमा गिरावट आएको छ। यो समूह ७ दशमलब २२ अंकले बढेको छ। यता निर्जीवन बिमा समूह सर्वाधिक ५८ दशमलब ५६ अंकले घटेको छ। त्यस्तै, जीवन बिमा समूह २७ दशमलब ८८ अंकले घटेको छ। बैंकिङ समूहमा ९ अंकको गिरावट आएको छ।
_x000D__x000D_
मंगलबार किसान माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५ रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार रोकिएको छ। यता सर्वाधिक गुमाउनेमा एभरेस्ट इन्स्योरेन्सका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४ रुपैयाँले घटेर ८ सय ५१ रुपैयाँमा कारोबार रोकिएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।