काठमाडौं– नेपालका युवा स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) मा आबद्ध भएका छन्। सन्दीपलाई मंगलबार भएको अक्सनमा लाहोर क्वालान्डर्सले भित्र्याएको हो। उनलाई गोल्ड क्याटागोरीबाट लाहोरले पहिलो नम्बरमै आफ्नो टिममा आबद्ध गरेको हो। योसँगै सन्दीपले न्युनतम ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।
_x000D__x000D_
सन्दीप आवद्ध टिममा पाकिस्तानका फखर जमान, दक्षिण अफ्रिकाका एबी डिभिलियर्स, पाकिस्तानकै मोहमद हाफिज, यासिर साह, वेस्ट इन्डिजका कार्लोस बाथवेट, न्यूजिल्यान्डका कोरि एन्डर्सन छन्।
_x000D__x000D_
आगामी १४ फेब्रुअरीदेखि १७ मार्चसम्म यूएई र पाकिस्तान हुने पिएसएलमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। जसमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर क्वालान्डर्स, पेसावर जल्मी,क्येवा ग्लाडिएर र द सिक्थ टिम रहेका छन्।
_x000D__x000D_
पिएसएलमा आबद्ध भएसँगै सन्दीप नवौं विदेशी फ्रेन्चाइज लिगमा आवद्ध भएका छन्। सन्दीप अघिल्लो वर्ष पनि पिएसएलको ड्राफ्टमा भएपनि उनलाई कुनै पनि टिमले चासो देखाएको थिएन।
_x000D__x000D_
सन्दीप हाल टी–१० लिग खेल्न यूएईमा छन्।
_x000D__x000D_
यो पनि -सन्दीपको व्यस्तता : ५ महिना, ५ देश, ५ लिग र २ करोड आम्दानी
_x000D__x000D_
सन्दीपले खेलिसकेका फेन्चाइज लिग
_x000D__x000D_
आइपिएल (भारत), ग्लोबल टी–२० (क्यानडा), सिपिएल (वेस्ट इन्डिज), एपिएल (अफगानिस्तान), पिपिएल (नेपाल)
_x000D__x000D_
सन्दीपले खेल्ने आगामी लिग
_x000D__x000D_
टी-१० (यूएई) – नोभेम्बर २१ देखि डेसेम्बर २ सम्म – ३० हजार डलर
_x000D__x000D_
इपिएल (नेपाल) – डिसेम्बर ८ देखि २२ सम्म – (कम्तिमा १ लाख ७५ हजार रुपैयाँ)
_x000D__x000D_
पाकिस्तान सुपर लिग (पिएसएल)- १४ फेब्रुअरीदेखि १७ मार्च (५० हजार डलर)
_x000D__x000D_
बिबिएल (अस्ट्रेलिया) – डिसेम्बर १९ देखि फ्रेब्रुअरी ४ सम्म – ६० हजार डलर
_x000D__x000D_
बिपिएल (बंगलादेश)– अक्टुबर १ देखि फेब्रुअरी ८ सम्म – ६० हजार डलर
_x000D__x000D_
आइपिएल (भारत)– २३ मार्चदेखि अप्रिलसम्म (तय हुन बाँकी) – कम्तिमा ३२ लाख रुपैयाँ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।