काठमाडौं– राष्ट्रिय टिमका फरवार्ड विमल घर्तिमगरले सहिद स्मारक ए डिभिजन लिगका खेलहरु गुमाउने भएका छन्। नवप्रवेसी च्यासल युथ क्लबमा आवद्ध विमलले युरोप ट्रायल दिन जाने बताएपछि क्लब छाड्न उनलाई अनुमति दिइएको हो।
_x000D__x000D_
च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले विमलले सिजनका बाँकी खेल गुमाउने सक्ने नेपाल लाइभलाई जानकारी दिए। 'उनले युरोप जाने बताएपछि क्लबले अनुमति दिएको हो,' उनले भने। शाक्यले उनी कति समयमा फर्कन्छन् अहिले नै पक्का नभएको पनि बताए।
_x000D__x000D_
जारी सिजनको सुरुवाती २ खेल खेल्दा च्यासलले १ खेलमा बराबरी र १ खेलमा हार बेहोरेको छ। लिगमा दोस्रो चरण सकिएको छ। अब सबै क्लबले ११–११ खेल खेल्न बाँकी छ। नवप्रवेशी च्यासलले सिजनमा विमलसहित देवेन्द्र तामाङ, हेमन्त थापामगर जस्ता युवा खेलाडीलाई भित्राएका थियो।
_x000D__x000D_
क्लबका व्यवस्थापक शंकर ब्यन्जनकारले पनि विमलले युरोप जाने बताएपछि क्लबले अनुमति दिएको बताए। ब्यजन्कारले उनी कम्तिमा १ महिना युरोप रहने हुँदा लिगका बाँकी खेलमा मैदान उत्रने सम्भावना नभएको बताए। विमल यसअघि बुधबार युरोप जाने बताएपनि केहि दिन पर सरेको बताए। त्यसलै लिगका आगामी केहि खेल खेल्ने सम्भावना रहेको व्यन्जरकारको भनाइ छ।
_x000D__x000D_
_x000D__x000D_
विमलले यसअघि पनि बेल्जियम, नेदरल्यान्ड्स र स्पेनका क्लबमा ट्रायल दिएका थिए। गत सिजन विमल भारतको चर्चित फुटबल क्लब मोहन बगानमा आबद्ध भएका थिए। सिजनको अन्तिम तीन महिना मात्र बाँकी रहँदा मोहन बगानले नेपालका मुख्य स्ट्राइकर विमललाई अनुबन्ध गरेको थियो। तर उनले क्लबमा सोचेअनुरुप मौका पाएका थिएनन्।
_x000D__x000D_
विमलले सिजनको सुरुवातमा राष्ट्रिय लिग च्याम्पियन थ्री स्टार क्लबबाट खेलेका थिए। थ्री स्टारले लिगका लागि २५ जना खेलाडीसँग सम्झौता गर्दा विमलसँग सम्झौता गरेको थिएन। थ्री स्टारसँग सम्झौता हुन नसकेपछि विमल च्यासलको सम्पर्कमा पुगेका थिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।